दफा ३८
धनादेश पठाउनेले सो आदेश बमोजिमको रकम फिर्ता माग्न र सो रकम पाउनेको नाम बदल्न सक्ने
: (१) दफा ३७ अन्तर्गत बनेका नियमहरुमा थप कमिशन वा महसुल असूल गर्ने सम्बन्धमा तोकिएको शर्तहरुका अधीनमा रही धनादेशबाट हुलाक अड्डा मार्फत रकम पठाउने व्यक्तिले सो रकम आदेशमा तोकिएको व्यक्तिलाई भुक्तानी गर्न नसकिएमा आफुलाई नै फिर्ता भुक्तानी गराउन वा आफनो निर्देश बमोजिम अर्कै व्यक्तिलाई भुक्तानी गराउन सक्नेछ ।
(२) धनादेश बमोजिम रकम पाउने र धनादेश पठाउने दुवै फेला नपरेमा र धनादेश पठाइएको मितिले १ वर्षको अवधिसम्ममा पनि पठाउने र पाउने कसैले पनि दाबी नगरेमा सो अवधि नाघेपछि सो रकम बापत नेपाल सरकारमा कुनै दाबी लाग्नेछैन ।